यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम
पोखरा ।
बियोन्ड बेइजिङ कम्युनिटीको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार र बृहत्तर यौनिकता शिक्षा सम्बन्धी पत्रकारका लागि सचेतना कार्यक्रम भएको छ ।
जनस्वास्थ्यविद डा लक्ष्मी तामाङले गण्डकी प्रदेशमा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा १६१ रहेका जानकारी दिइन् । गण्डकीमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवामा थप सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
‘यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा ध्यान दिनुपर्छ,’ तामाङले भनिन्, ‘परिवार नियोजन, गर्भावस्थाको स्याहार, प्रसूति स्याहार, सुत्केरी स्याहार, यौनजन्य सङ्क्रमण रोकथामले सुरक्षित मातृत्वलाई प्रभावकारी बनाउ सकिन्छ ।’
सुरक्षित मातृत्वका लागि २० वर्षपछि विवाह, कम्तिमा ८ पटक गर्भ जाँच, स्वास्थ्य संस्थामा प्रसूति, कम्तिमा ३ पटक सुत्केरी जाँच, ६ महिनासम्म पूर्ण स्तनपान, ३ वर्षको जन्मान्तर जस्ता कुरालाई ध्यान दिनुपर्ने उनको सुझाव छ ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले यौन तथा प्रजनन शिक्षा प्राथमिक तहदेखि नै शिक्षा दिनुपर्ने बताए । समस्या रोकथामका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको माग छ ।
पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्माले विशेषज्ञ खुलेर बोल्न नसक्दा तथा ज्ञान अरुलाई नदिनाले समस्या कम हुन नसकेको बताइन् । यौन जन्य समस्यामा महिलालाई दोष दिने प्रवृति रहेको बताउँदै उपचारतर्फ ध्यान दिने भन्दा रोग लुकाउन बाध्य रहेको उनले बताइन् ।
कार्यक्रममा कम्युनिटीका केन्द्रीय अध्यक्ष कृष्णकुमारी वाइवा, गण्डकी प्रदेश अध्यक्ष उषा बरालले बोलेका थिए । कार्यक्रममा पाेखराका विभिन्न मिडियामा कार्यरत पत्रकारकाे उपस्थिति थियाे ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया