कास्कीको माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु

पोखरा । कास्कीका पालिकाहरुमध्ये सबैभन्दा कम बेरुजु माछापुच्छ्रे गाउँपालिकाको आर्थिक अनुशासनका अब्बल दरिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा १ अर्ब ५२ करोड ६६ लाख रुपैयाँको लेखा परीक्षणमा ३६ लाख ६२ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । कुल परीक्षण अंकको शून्य दशमलव २४ प्रतिशत हो ।
रुपा गाउँपालिको बेरुजु पनि १ प्रतिशत भन्दा कम छ । रुपामा ७६ करोड ८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ५० लाख रुपैयाँ बेरुजु देखिएको छ । जुन लेखा परीक्षण अंकको शून्य दशमलव ६६ प्रतिशत हो ।
अन्नपूर्ण गाउँपालिकाको बेरुजु १.४६ प्रतिशत छ । अन्नपूर्णमा १ अर्ब ५० करोड ४६ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड १८ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
यसैगरी कास्की मादी गाउँपालिकाको बेरुजु २.३५ प्रतिशत छ । मादीमा १ अर्ब २ करोड ७३ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड ४१ लाख रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
पोखरा महानगर पालिका भने कास्कीका पालिका मात्र नभइ देशभरकै महानगरमध्ये सबैभन्दा बढी बेरुजु हुनेमा दरिएको छ । गत आर्थिक वर्षमा लेखा परीक्षण गरिएको रकमध्ये ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षणमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया