रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, निरन्तर सुनुवाइ हुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बिहीबार उच्च अदालत पोखरामा सरकारी पक्षको बहस सुरु भएको छ ।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा परेको मुद्दामा उच्च सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्ता दशरथ पंगेनीले बिहीबार बहस गरे ।
उक्त मुद्दामा शुक्रबार बिहानैदेखि सरकारी वकिलको टोलीले थप बहस गर्ने तयारी गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उप–रजिस्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए ।
यस प्रकरणमा लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामबहादुर खनाल, लिला पछार्इं, आरती गुरुङ र पूर्वप्रदेश सांसद मीना गुरुङ समेत मुछिएका छन् । उनीहरू सबै पोखरास्थित सूर्यदर्शन सहकारी घोटालामा संलग्न भएको अभियोग लागेका छन् । जिल्ला अदालत कास्कीले उनीहरूलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलको कार्यालयले त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको हो ।
सहकारी ठगी मुद्दामा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटबल इजलाशको आदेशपछि रवि लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी मामिलामा भैरहवा कारागार चलान गरिएको थियो । उनका सहअभियुक्त जोशी र खनाल पनि हाल क्रमशः भैरहवा र कास्की कारागारमा छन् ।
गत पुस २५ गते कास्की जिल्ला अदालतको आदेशअनुसार ६५ लाख धरौटी बुझाएर लामिछाने ८४ दिनपछि रिहा भएका थिए । जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल र लामिछाने पक्ष दुवैले उच्च अदालतमा पुनरावेदन दिएका थिए, जसको सुनुवाइ बिहीबारदेखि सुरु भएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित धरौटीमा छुटेका सातजना प्रतिवादीका विषयमा उच्च अदालतले अब तीनमध्ये कुनै एक निर्णय गर्न सक्छ । उनीहरुलाई पुनः थुनामा पठाउने, जिल्ला अदालतको फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्ने निर्णय उच्चले गर्न सक्नेछ ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया