गण्डकीमा ३९ प्रतिशत पद रिक्त, सेवा प्रवाहमा असर
समाधान संवाददाता
२०८२ जेठ १ गते १९:३१

पोखरा । प्रदेश सरकारअन्तर्गतका १ सय ८३ सरकारी निकायमा स्वीकृत ३ हजार ४११ दरबन्दीमध्ये हालसम्म २ हजार ८३ कर्मचारी मात्रै पदस्थापन भएका छन्। बाँकी १ हजार ३२८ पद रिक्त छन्, जसले कुल स्वीकृत दरबन्दीको ३९ प्रतिशत हिस्सा ओगट्छ।
सरकारी निकायहरूको जनशक्ति अभावले सेवा प्रवाहमा प्रत्यक्ष असर परिरहेको प्रदेश सरकारको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै, सीमित आन्तरिक स्रोतलाई समेत ध्यानमा राख्दै प्रदेशको कार्य सम्पादन र संस्थागत क्षमता अभिवृद्धिका लागि पुनः संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण आवश्यक रहेको महालेखाको पछिल्लो प्रतिवेदनमा औँल्याइएको छ। यो प्रतिवेदनका लागि काम भइरहँदा चालु आर्थिक वर्षमा प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा पदपूर्ति गरेको छ ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया