गण्डकीमा मन्त्रालय थपघटले काम प्रभावित
समाधान संवाददाता
२०८२ जेठ १ गते १९:३६

पोखरा । गण्डकी प्रदेशको कार्यक्षेत्र र संरचना सम्बन्धी व्यवस्थामा पटक–पटक संशोधन हुँदै आएको छ। संघीय प्रशासनिक पुनर्संरचना समितिको २०७४ सालको प्रतिवेदनअनुसार प्रदेशमा ७ मन्त्रालय कायम गर्न सिफारिस गरिएको थियो। सोहीअनुसार प्रदेश सरकार गठनपछि २०७४ साल फागुन ४ गते ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४’ जारी गरी ७ मन्त्रालय स्थापना गरिएको थियो।
तर, २०७८ साल जेठ ५ गते मन्त्रालयको संख्या बढाएर ११ पुर्याइएको थियो। त्यसयता चार पटक नियमावलीमा संशोधन गरी हेरफेर गरिएको छ। पछिल्लो पटक २०८१ साल भदौ १६ गते नियमावली संशोधन गर्दै मन्त्रालय संख्या ७ बाट बढाएर ९ बनाइएको छ।
पटकपटक मन्त्रालयको सख्या बढाउने र घटाउने गर्दा सरकारकै काम प्रभावित भएको महालेखाको पछिल्लो प्रतिवेदनले औंल्याएको छ ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया