विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला

समाधान संवाददाता २०८२ जेठ ३ गते १५:५७

पोखरा ।

विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता भएको छ ।

प्रतियोगितामा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एलकेजीबाट इमान थापा क्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । कक्षा युकेजीबाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् ।

Advertisement

कक्षा १ बाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा केसी तृतीय भएका छन् । कक्षा २ बाट पारोमिता मण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् । कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय बने । सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मावि तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भए ।

शिक्षक अनिता थापाको संयोजकत्वमा भएको प्रतियोगितामा पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया