एनसेलको डेटा प्याकसँगै निःशुल्क पहुँच

पोखरा ।
एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै ग्राहकलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ ।
यो अफर शनिबारबाट सुरु भई हरेक शनिबार ज्येष्ठ ३१ गतेसम्म लागू हुनेछ । शनिबारका दिनमात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकले विभिन्न ४ प्याक किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युब पाउँछन् ।
सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन । फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी ४ प्याक समावेश रहेका छन् । अफर अन्तर्गत ग्राहकले करसहित १ सय ५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जिबी डेटा पाउँछन् ।
यसबाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन् । करसहित २ सय ९९ पर्ने डेटा रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जिबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकलेरुचाएका २ होम एन्ड अवे रिन्युअल प्याक पनि यो अफरमा समावेश छन् । ५ सय ९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जिबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को ७ सय ९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जिबी डेटा पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युबमा अनलिमिटेड पहुँच पाउँछन् ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया