पोखरा ९ मा प्रजनन स्वास्थ्य शिविर

पोखरा । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिबार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा कार्यक्रम गरिएको हो ।
शिविरबाट ६८ जना लाभान्वित बने । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस्ता कार्यक्रमले स्थानीय सरकारलाई सहयोग हुने उल्लेख गरे । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघले सरकार, संघसंस्था र समुदायसँग सहकार्य गर्न चाहेको बताए ।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ व्यवस्थापक बृहस्पति अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, चण्डिका आमा समूहकी अध्यक्ष सीता नेपाली, संगम बचत तथा ऋण सहकारीकी सञ्चालक विष्णुमाया थापा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया