जानकी स्कुललाई सहयोग

पोखरा । दृश्यम मिडिया प्रालिको दोस्रो वार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकुद सामग्री वितरण गरेको छ । विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनसेट लगायतका पुस्तक, फुटबल, भलिबल, क्रिकेट ब्याट र बल, टेलबटेनिस, टेनिसबल ब्याडमिन्टन, पोशासहित ६५ हजारका सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा दृष्यम मिडियाकी अध्यक्ष वन्दना कार्की केसीले उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ लगायतलाई हस्तान्तरण गरिन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गरी विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्न सामग्री उपलब्ध गराएको जनाइन् ।
पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीले सामुदायिक विद्यालयलाई विभिन्न संघ, संस्था एवम शिक्षाप्रेमीबाट हुने सहयोगको पूर्णरुपमा उपयोग हुनुपर्ने आवश्यकता औंल्याए । प्रधानाध्यापक अर्जुन कँडेलले विद्यालयमा हाल ३ सय ५० विद्यार्थी रहेको र आगामी दिनमा पोखरा महानगरपालिकाको सहयोगमा अटिजम स्रोत केन्द्र समेत सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य हरि बास्तोला, डिलमाया भण्डारी, शिक्षक तुलसी गिरी, दृष्याम मिडियाका सम्पादक विनोद लामिछाने, गण्डकी प्रदेश टेनिस संघका सदस्य प्रान्जल कायस्थ लगायतले बोलेका थिए ।








महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया