रानीपौवामा निशुल्क शिविर

समाधान संवाददाता २०८२ जेठ ५ गते २०:०१

पोखरा ।

Advertisement

जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।

गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए ।

उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरहरुमा सहभागिता जनाउँदै आएको बताए । समाजसेवी भोला बरालले युआरएलको सेवाले राजधानी र विदेश उपचारका लागि जानुपर्ने बिरामीलाई निकै सहज भएको सुनाए ।

समूहकी अध्यक्ष बकावली रञ्जित शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती बराल, सानु जोजिजू लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया