सकियो नेकपाको घरदैलो, आज चुनावी सभा

समाधान संवाददाता
पोखरा
नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिबद्धता गरेकी छन् । अकस्मात् भोग्नुपरेको दुर्घटनामा जीवन साथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको उनले बताइन् । नेकपाको चुनावी प्रचार प्रसार तथा घरदैलोका क्रममा पोखरा २० मौजाको चुनावी कार्यक्रममा उनले भनिन्, ‘म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु । अब जनताका दुख निवारण गर्दै सबैको आँसु पुछ्छु ।’
भट्टराईले आफू समृद्ध नेपाल, सुखी नेपालीको संवाहक बन्ने प्रतिबद्धतासमेत गरिन् । मतदातासँग उनले विभेदमुक्त समाज निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्ने बाचा गरिन् । मोहरिया, मौजा भलामको बाटो निर्माण सम्पन्न गर्ने, आँटीघर मौजालाई पर्यटकीय क्षेत्र बनाउने र यो क्षेत्रमा कृषि र पशुपालनलाई व्यावसायीकरण गर्ने उनले सुनाइन् ।
नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गरे । उनले भने, ‘सरकारले कानुन बनाइसकेको छ । अब कुनै पनि नेपाली भूमिहीन हुनु पर्दैन ।’ कार्यक्रममा नेकपा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा २० अध्यक्ष भीमप्रसाद बास्तोला, स्थानीय दुर्गाबहादुर गुरुङ, हरिप्रसाद गुरुङ, गञ्जमान गुरुङ, पोखरा २० का प्रचारप्रसार संयोजक सुशील बस्नेत लगायतले बोलेका थिए ।
मंगलबार इन्दुपाखाका १ दर्जन स्थानीय नेकपा प्रवेश गरेका छन् । यसरी विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नेमा धनबहादुर गुरुङ क, धनबहादुर गुरुङ ख, कर्णबहादुर गुरुङ, मीनबहादुर गुरुङ, प्रीतिमान गुरुङ, चीजबहादुर गुरुङ लगायत छन् । उनीहरुलाई नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, उम्मेदवार विद्या भट्टराई र वडाका चुनावी कमान्डर विश्वप्रकाश लामिछानेले स्वागत गरे । घरदैलोमा कलाकार कृष्ण भण्डारी, शिवहरि ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले सांस्कृतिक प्रस्तुति राखेका छन् ।
‘कांग्रेसले आफूले टेकेकै धर्ती कमजोर पार्यो ’
नेकपा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘जहाँ टेक्ने, त्यही धर्तीलाई कमजोर बनाउने ? यसो गर्नेलाई जनताले चिनेका छन् ।’ संविधानमै त्रुटि भए पनि त्यसलाई परिमार्जन गर्न सकिने विचार राख्दै उनले देशको स्वाधीनतामाथि खेलबाड नगर्न चेतावनी दिए । कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई कमजोर बनाएका उदाहरण पेस गर्दै उनले पटक पटक साम्राज्यवादी, सामन्तसँग घुँडा टेक्नेहरु लोकतन्त्रको पहरेदार हुनै नसक्ने तर्क गरे ।
नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले प्रतिपक्षकै शैली बदल्न उपचुनावले शिक्षा दिने तर्क गरे । उनले कांग्रेसको सरकार भएका बेला कालापानीको प्रस्ताव संसदमा आउँदा कांग्रेसका सचेतकले विरोध गरेको र तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसलाई रोकेको स्मरण गरे । उनले भने, ‘देउवाजी कहिलेदेखि भारतीय गुप्तचर बन्नु भो, म यो भन्न चाहन्न तर उहाँलाई प्रधानमन्त्रीको सहमतिमा नक्सा जारी भएको कसरी थाहा भयो ?’ कमजोर, हतास हुँदै गएपछि पराजित मानसिकताले आरोप प्रत्यारोपमा उत्रिनुभन्दा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्न कांग्रेसलाई उनले आग्रह गरे ।
नेकपा कास्की अध्यक्ष कृष्ण थापाले पोखरा ३३ का अध्यक्षको गाडीमा विस्फोट भएपछि आमसभालाई विरोधसभाको रुप दिनुपरेको बताए । थापाले भने, ‘घुसपेठ गर्न, मत किनबेच गर्न खोज्नेलाई समात्नुस् । मतदाताले कारबाही गरे नेकपाले त्यस्तालाई जोगाउन सक्दैन ।’ सभामा नेकपा पोखरा १७ का अध्यक्ष सुवास ढुंगाना र सचिव ईश्वरी लम्सालले पनि बोलेका थिए ।
पोखरा ११ मा बुद्धिजीवी भेला
उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन पोखरा ११ का बुद्धिजिवी लागेका छन् । नेकपाले मात्र शोषित पीडित, श्रमजीवी लगायत बौद्धिक वर्गको सुरक्षा र सम्मान गर्दै हक, अधिकार सुनिश्चित गर्ने सक्ने भएकाले नेकपा उम्मेदवारलाई विजयी गराउनुपर्ने बुद्धिजीवी परिचालन समिति संयोजक पदम दवाडीले बताए । मंगलबार भएको भेलाले विभिन्न ५ समूह निर्माण गरी वडाका विभिन्न टोल टोलमा पुगेर उम्मेदवार भट्टराईलाई विजयी गराउन मत माग्ने भएको छ । भेलामा वडाका चुनावी कमान्डर चूडामणि जंगलीले विद्याको जित सुनिश्चित भइसकेको दाबी गरे ।
आज चुनावीसभा
नेकपाले चुनावी अभियान अन्तर्गत कास्की २ का ११ वटै वडामा थालेको घरदैलो मंगलबार सकिएको छ । पोखरा ४ मा मंगलबार भएको घरदैलोमा रामबहादुर कोइराला, रामजी गौतम, विष्णुहरि पौडेल र नर्वदा अधिकारी नेतृत्वका टोलीले वडाका विभिन्न क्षेत्रमा पुगी मत मागेको छ । पोखरा ९ का टोलमा गठन गरिएका निर्वाचन परिचालन कमिटीको बैठक भएको छ । पोखरा १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा भएका छन् । चुनावी कमान्डर बखानसिंह तमुले एजेन्डा र आवश्यकतालाई मूल्यांकन गरी फेरि पनि जनताले नेकपालाई अत्याधिक मत दिने बताए ।
पोखरा २१ कृस्ति नाच्नेचौरको ब्यौलीपीपल र राम्नीमा वडास्तरीय चुनावी सभा भएका छन् । सभालाई नेता खगराज अधिकारी, ठाकुर गैरे, चुनावी कमान्डर दीपक पौडेल लगायतले सम्बोधन गरे । वडा नं ७, ८, १६, र ३३ मा पनि मतदाता केन्द्रित घरदैलो, कोणसभा, र टोल कमिटी बैठक भएका छन् ।
बुधबार नेकपाको मुख्य चुनावी सभा पोखरा नयाँबजार प्रदर्शनी केन्द्रमा हुनेछ । नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले निर्वाचन हुने पोखरा महानगरका ११ वटै वडाका बासिन्दालाई बाजागाजसहित हुने ¥याली र सभामा सहभागी हुन अनुरोध गरे । सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने छन् । उनले विपक्षीले जनतामा छरेका भ्रम निवारण गर्ने र पार्टीका एजेन्डा बुझाउने मौका मिलेको उल्लेख गरे । संयोजक पौडेलले भने, ‘जनताका सुझाव, माग, मर्का, दुःख फेरि मिहिन ढंगले बुझ्ने मौका मिल्यो । अब विकासको रोडम्याप बनाउँदा ती कुरालाई प्रभावकारी रुपमा सम्बोधन गर्छाैं ।’







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया