ज्येष्ठ नागरिक सम्मानित

पोखरा ।
नवजीवन महिला विकास संस्थाको १२ औं स्थापना दिवसको सन्दर्भमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले समाजमा योगदानकर्ता ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको ज्ञान, सीप र अनुभवलाई विस्तार गर्नुपर्नेमा जोड दिएको अध्यक्ष सीमा पोखरेलले बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्य परमेश्वर कार्कीले महिलाको सशक्तीकरण, सामाजिक जागरण, सीप विकासको अलवा ज्येष्ठ नागरिकलाई सम्मान लगायतका सिर्जनात्मक काम गरेको बताए ।
‘समाजको परिवर्तन र रुपान्तरणमा महिलाको अगुवाई आवश्यक छ,’ उनले भने, ‘आम महिलाको सशक्तीकरण, सीप र क्षमताको विकासको क्षेत्रमा संस्था प्रेरणाको स्रोत बनेको छ ।’ उनले सामाजिक क्षेत्रको काममा वडा कार्यालयले सहकार्य गर्ने जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३१ का निवर्तमान वडाध्यक्ष कमलबहादुर थापाले संस्थाले विगत १२ वर्षदेखि महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम, सचेतनामूलक कार्यक्रम तथा समुदाय स्तरमा गतिविधिहरू गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष कञ्चन थापा, संस्थाका सल्लाहकार निश्चल पोखरेल, संस्थाका संस्थापक अध्यक्ष कमला थापा, सचिव सविता तिमिल्सिना लगायतले संस्थाको महिलाको सशक्तीकरण र सामाजिक उत्तरदायित्वको काम गरेको जनाए ।








एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया