रघुगंगा गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर
गलेश्वर ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरु लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगंगा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरु खुसी भएका छन् । शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहने एक हजार ४०० जना किसानहरुले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिए ।
स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरुले आगामी दिनहरुमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए । रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताए ।
शिविरमा डा आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी एवम् दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराएका थिए । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिम पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया