स्याङ्जाको चापाकोटमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

स्याङ्जा । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–९ मा रहेको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ। वङ्गुर मरेको सूचना प्राप्त भएपछि संकलन गरिएको नमुना काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भाइरि पोजेटिभ देखिएको चापाकोट नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेद्वारा जारी सूचनामा जैविक सुरक्षाका उपायहरू कडाइका साथ अवलम्बन गर्न कृषक तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ। साथै, वङ्गुर तथा त्यसका उत्पादनहरूको आन्तरिक ओसारपसारमा विशेष ध्यान दिन र कुनै शंकास्पद लक्षण देखिएमा तत्काल पशु सेवा शाखामा जानकारी गराउन अनुरोध गरिएको छ।
अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा घातक रोग मानिन्छ, जसको नियन्त्रणका लागि सचेतना र सक्रिय सहभागिता आवश्यक हुने विज्ञहरूले बताउँदै आएका छन्।







जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया