पोखरामा कार्जस्पा स्टुडियो

पोखरा ।
उच्च गुणस्तरको कार हेरचाह सेवालाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।
कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिवृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पामार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ ।
यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइनेछ । सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाइ, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो ।
सेवा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले सुरुआत गरे । उनले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
ओमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिव थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पाका प्रमुख तरुन औजा, चेम्बर अफ कमर्शका अध्यक्ष उमराज बास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया