मुस्ताङमा ट्राफिक कार्यालयको १०३ टोल फ्रि सेवा

समाधान संवाददाता २०७६ मंसिर ११ गते १५:३२

एसके थकाली, जोमसोम

जिल्ला ट्राफिक कार्यालय मुस्ताङले सदरमुकाम जोमसोममा १०३ टोल फ्रि कलिङ सेन्टर स्थापना गरेको छ । मुस्ताङको ट्राफिक व्यवस्थापन, ट्राफ्रिक समस्या र आम पर्यटकको हितलाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक टोल फ्रि सेवा संञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका ईञ्चार्ज बद्रीनाथ शर्माले जानकारी दिए ।

कार्यालयले संञ्चालनमा ल्याएको टोल फ्रि कलिङ सेन्टर मार्फत ट्राफिक संग सम्वन्धि समस्या ,जिज्ञासा र सहजीकरण लागि जानकारी लिने सकिने ईञ्चार्ज शर्माले बताए । उनका अनुसार कलिङ सेन्टरमा दुर्घटनाको जानकारी, बिरामीको उद्दारमा सहजीकरण, चालकको लापारवाही, बढी भाडा दर असुली, यात्रुलाई अपलत्र पारिएको, सवारी अपायक स्थानमा बिग्रिएर समस्यामा परेका, पर्यटक प्रति व्यवहार र कार्यशैली, पर्यटकलाई होटल व्यवस्थापनमा समन्वयीकरण, यात्रा क्रममा सवारी साधनमा सामान छुटेमा, चालक सर्तकता, चालकले अनिवार्य पालन गर्नुपर्ने नियम र पार्किङ व्यवस्थापन लगायतका बारेमा जानकारी उपलब्ध गराईने ईञ्चार्ज शर्माले उल्लेख गरे ।

Advertisement

ट्राफिक कार्यालयले ल्याएको १०३ कलिङ सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने शर्माले बताए । यात्रा क्रममा मुस्ताङ आएका पर्यटक तथा तिर्थालुले कुनै पनि समस्या परेको अवस्थामा तुरुन्तै १०३ मा फोन गर्न सकिने र ट्राफिकले सहजीकरण गर्ने जानकारी दिए ।

मुस्ताङमा ट्राफिक बस्न थालेको १० वर्ष पुग्दैछ । यसअघि अस्थायी दरबन्दी कायम रहेकोमा २ महिना अघि मात्रै कार्यालयले स्थायी भएको हो । पछिल्लो समय कार्यालयले सडक छेउछाउका खाल्डा खुल्डी पुर्ने र चालकलाई ट्राफिक नियम बुझाउने अभियान सुरु गरेको ईञ्चार्ज शर्माले खुलाए । मुस्ताङमा ९ जनाको स्थायी दरबन्दी भएपनि हाल ५ जना ट्राफिक कार्यरत छन् । उपल्लो मुस्ताङमा अझै ट्राफिकको पहुच पुगेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया