जाइकाको परियोजना सकियो

पोखरा ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) पार्टनरसिप प्रोगाम (जेपिपी)अन्तर्गत पोखरा कोमागाने नागरिकमैत्री एसोसियसनबीच सम्झौता भई सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना सकिएको छ । २०२३ को जनवरीदेखि २०२५ मे महिनासम्म पोखरा महानगरपालिकाको वडा नं. १६, १९, २०, २५ र ३०मा सञ्चालित परियोजनाले मातृ र शिशुको मृत्युदर घटाउन सहयोग पु¥याएको एसोसियसनका अध्यक्ष शारदामोहन काफ्लेले जानकारी दिए ।
जाइका पार्टनसिप प्रोगाम अन्तर्गत पोखरा महानगरपालिका र जापानको सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्जबीचको सम्झौतामा पहिलो र दोस्रो चरणको मातृशिशु स्वास्थ्य परियोजना सफलतापूर्वक सकिएको हो । तेस्रो चरणमा सञ्चालित हेरचाह परियोजना अन्तर्गत गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म) का सुत्केरी महिला र नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकालाई निरन्तर हेरचाहसहित स्वास्थ्य सेवा, खोप तथा पोषणसम्बन्धी कार्यक्रम चलेका थिए ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशले मातृमृत्यदर घटाउन योजनाबद्ध ढंगले काम गरेको बताए । नेपालमा प्रति १ लाख महिलामा मातृ मृत्यदर १ सय ५१ रहेको छ,’ उनले भने, ‘समग्र देश भरीको तुलनामा गण्डकीको मातृ मृत्यदर बढी छ । गण्डकीमा प्रति १ लाख महिलामा मातृ मृत्यदर १ सय ६१ छ ।’ उनले दातृ निकाय र सरोकारवालाको समन्वयमा मातृ शिशु मृत्यदर कम गर्नको लागि कार्यक्रम गर्ने जनाए ।
नेपालमा प्रति एक लाख महिलामा मातृ मृत्यदर १ सय ५१ छ भने गण्डकीमा १ सय ६१ छ
जापान सरकारबाट पाएको सहयोगको नमुनाको रुपमा मातृशिशु मितरी अस्पताल भएको उल्लेख गर्दै मन्त्री पाठकले प्रदेश मातहतमा ल्याएको अस्पताललाई ५० शड्ढयाको बनाउने योजना सुनाए । उनले अहिले शड्ढयाको अस्पतालाई विशिष्टिकृत अस्पताल बनाउनका लागि साथ र सहयोगको लागि सबैसँग आग्रह गरे । उनले अस्पतालको स्तरोन्नति लागि जग्गा व्यवस्थापन गर्न आग्रह गरे ।
पोखराका पूर्व मेयर कृष्ण थापाले पोखराको विकासका लागि कोमागाने राम्रो साझेदार पाएको बताए । सुरुमा जनताको सहभागितामा पोखरा महानगरको व्यवस्थापनमा सञ्चालन हुने गरी बनेको मातृशिशु मितेरी अस्पताल अहिले प्रदेश सरकार मातहतमा गएको उल्लेख गर्दै उनले स्वास्थ्यको पहुँच भन्दा बाहिरका गरिब तथा विपन्नलाई लक्षित गरी अस्पताल स्थापना गरेको जनाए । उनले जनताले जापान सरकारबाट फेरि पनि झन ठूलोे सेवा पाउने परियोजनाको अपेक्षा गरेको उल्लेख गरे ।
कार्यक्रमम जाइका जापानका पार्टनरसिप प्रोगाम डिभिजनका निर्देशक डा काजुरो शिवुया, जाइका नेपालका अग्रग प्रतिनिधि केनिचिरो लिजुका, जापानको सिटिजन एसोसियसन फर नेपालका अध्यक्ष सेगेकी कोमात्सुबारा, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रोजिना पौडेल, उषा बरुवाल लगायतले हेरचाह परियोजनाका बारेमा बोलेका थिए ।
परियोजना अन्तर्गत मातृ र बाल स्वास्थ्य सेवा पुस्तिका वितरण गर्नुका साथै महिलाको गर्भावस्था, प्रसव अवस्था, सुत्केरी अवस्था, नवजात शिशु र यो सबै अवस्थाको नियमित परीक्षण तथा चेकजाँचको रेकर्ड कार्डसमेत तयार गरिएको थियो ।
तपाईको प्रतिक्रिया