कोटिहोम सञ्चालन भएको स्थलमा स्थानीयले बनाए कोटिहोम चोक

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ। कोटिहोम नियमित सञ्चालन भइरहेकै बेला बुधबार स्थानीयहरूको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक राखिएको छ। माछापुच्छ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानीय शारदा पंगेनीले बताइन्।
उनले भनिन्– अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ। हामीले अवलोकन गर्ने अवसर त पायौँ, तर हाम्रा भावी पुस्ताहरूले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राखून् भन्ने हेतुले कोटिहोम चोक भनेर नाम राखिएको हो। उनले थपिन्, ‘हामी धन्य रहेछौँ, हाम्रो आँगनमै आएर अहिलेसम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौँ।’
त्यस्तै अर्का स्थानीय धनीप्रसाद ढकालले भने, ‘हामीले कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौँ। यो कोटिहोम महायज्ञको इतिहास जीवन्त राख्नका लागि अर्को वर्ष स्थानीयको सक्रियतामा ठूलो प्रवेशद्वार निर्माण गर्नेछौँ।’
अर्का स्थानीय विनोद केसीले भने, ‘नयाँ मान्छे आउँदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामकरण गर्दा हाम्रो पहिचान नै उच्च रहनेछ।’ jशाख ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानीयको भनाइ छ।
मानव सेवा फाउन्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भइरहेको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागिता रहेको छ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया