६६ युनिट रगत संकलन
समाधान संवाददाता
२०८२ जेठ ९ गते १०:३७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको कृष्ण भुजेल प्रतिष्ठानले बिहीबार आयोजना गरेको रक्तदानमा ६६ युनिट संकलन भएको छ । गण्डकी प्रदेश सांसद वेदबहादर गुरूङले पहिलो रक्तदाता सूर्यनारायण बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम सुरुआत गरे ।
गुरूङले सहिद कृष्ण भुजेल एक इमानदार र कम्युनिस्ट आन्दोलनका सिपाही भएको जनाए । भुजेलको २०५४ को स्थानीय चुनावमा मृत्यु भएको थियो ।
प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष बैनबहादर क्षेत्री अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता अध्यक्ष मुरारि शर्मा, नेरेसो पोखरा २६ सभापति अम्बिकामोहन भट्टराई, नेकपा एमाले पोखरा २६ अध्यक्ष मनोहरि ढुंगाना, रामचन्द्र तिमिल्सिना लगायतले बोलेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया