कांग्रेस गण्डकी पर्यटन विभाग प्रमुखमा आशिक
समाधान संवाददाता
२०८२ जेठ ९ गते १५:२२

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति अन्तरगत पर्यटन विभाग प्रमुखको जिम्मेवारी प्रदेश सदस्य आशिक गुरुङले पाएका छन् । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् ।
कांग्रेस कास्कीको महाधिवेशन प्रतिनिधि समेत रहेका उनी युवा पर्यटन व्यवसायी हुन् । गुरुङ पोखराको लेकसाइडमा रहेको होटल माउण्टेन टप तथा अल्टिच्यूट रुफ टप बारका सञ्चालक हुन् ।
पर्यटनबाट देशको समृद्धि हुने गुरुङले बताए । नेपालमा पर्यटनमा ठूलो लगानी रहेको बताउँदै यसमा सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनी नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति हुन् ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया