राजतन्त्र फर्कने सम्भव छैन : प्रधानमन्त्री ओली

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।
जनताले राजतन्त्र उल्टाएर फालिसकेको बताउँदै देशमा अर्काे संविधान बनिसकेको बताए । राजावादी पार्टी र संघसंस्थाहरुले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले भने, ‘आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरमै सिंहासन बनाएर राख्ने होला । देशको राज सिंहासन गइसक्यो ।’
सरकारलाई स्थिर रहने नदिने प्रपञ्च भइरहेको प्रधानमन्त्री ओलीकाे भनाइ छ । भष्ट्रचार गर्नेहरु सरकार कायम रहेमा भष्ट्रचार उदांगिने डरमा रहेकाे उनले बताए । उनले थपे, ‘ हामी भष्ट्रचारका विरुद्ध लड्ने छौं । जेल जानेहरु आफ्नो क्रियाकलापले जेलमा गएका हुन् । हामीले षड्यन्त्र गरेर जेल पठाएका होइनौं ।’








ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया