भुटान र माल्दिभ्सले कुस्ती खेलाडीको नामावली पठाएनन्

समाधान संवाददाता, पाेखरा
१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत जनकपुरधाममा हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । विभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएकाे हाे ।
आगामी मंसिर २० गतेदेखि हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली नपठाएकाे जिल्ला खेलकुद विकास समिति धनुषाका प्रमुख कमलकिशोर चौधरीले भने ।
कुस्ती खेलमा नेपालबाट ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन् । बंगलादेशका १० पुरुष र १० महिला गरी २० जना खेलाडी आउने भएका छन् भने पाकिस्तानबाट ७ जना पुरुषले मात्रै सहभागिता जनाउने भएको छ ।
भारतबाट १४ जना खेलाडी कुस्ती खेलमा सहभागी हुनेछन् । जसमध्ये ७ जना महिला र ७ जना पुरुष हुनेछन् । श्रीलंकाबाट पनि सात जना पुरुष र सात महिला गरी १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
कुस्ती प्रतियोगिताका लागि २५ जना प्रशिक्षक र व्यवस्थापकसमेत जनकपुरधाम आउने छन् । यसमध्ये नेपालका सात जना रहेका छन् ।
नेपालको प्रमुख प्रशिक्षकमा व्रह्मदेव यादव, प्रशिक्षकमा मुमताज अली इद्रिसी, धर्मरानज प्रसाद यादव, शिवधारी यादव, राजेन्द्र चन्द छन् भने व्यवस्थापकमा साहिल अन्सारीलाई राखिएको छ । महिलातर्फको व्यवस्थापकको जिम्मेबारी जिन्नत अन्सारीलाई दिइएको छ ।
यस्तै भारतबाट ६ जना, बंगलादेशबाट ५ जना, पाकिस्तानबाट ३ जना र श्रीलंकाबाट ४ जना प्रशिक्षक र व्यवस्थापक आउने भएका छन् ।
नेपालका खेलाडी प्रदेश २ र सुदूरपश्चिमबाट
कुस्ती प्रतियोगितामा खेल्ने नेपाली खेलाडीहरु प्रदेश २ र सुदूरपश्चिम प्रदेशबाट मात्रै चयन गरिएको छ । पुरुषतर्फका एक जना नेपाल प्रहरीका, एक जना नेपाली सेनाका र बाँकी सबै प्रदेश २ बाटै चयन गरिएको छ ।
महिलातर्फका ६ जना खेलाडी सुदूरपश्चिम प्रदेशबाट चयन गरिएको छ । एक जना नेपाली सेनाबाट रहनेछन् । कुस्ती खेलाडीहरुलाई हेटौंडामा बन्द प्रशिक्षण दिइएको मुख्य प्रशिक्षक व्रह्मदेव यादवले बताए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया