अन्नपूर्ण हिरक महोत्सवको तयारी

पोखरा।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई केन्द्रबिन्दुमा राखेर अन्नपूर्ण हिरक महोत्सव गर्न लागिएको छ । अहिलेसम्म अन्नपूर्ण हिमालको दक्षिणी आधार शिविरलाई केन्द्रीत गरी कार्यक्रमहुँदै आएको थियो ।
अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) सफल आरोहणको ७५ वर्ष पुरा भएको सन्दर्भमा उत्तरी क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर यस वर्ष हिरक महोत्सव मनाउन लागेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वले उत्तरी मोहोडाबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोह गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी भएका थिए । ‘जहाँबाट हिमाल आरोहण भयो । त्यहाँको चर्चा कम भयो,’उनले भने, ‘म्याग्दीको नारच्याङ–अन्नपूर्ण आधार शिविर र नारच्याङ पदयात्रा (जेठ १७ देखि १९सम्म) गर्ने कार्यक्रम छ ।’ उनले यहि पदमार्गबाट सन १९५०मा मौरिस हार्जोगको टोलीले हिमाल आरोहणको यात्रा सुरुवात गरेको बताए ।
नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिका म्याग्दीले सयुक्त रुपमा हिरक महोत्सव मनाउन लागिएको हो । उत्तरी क्षेत्रको अन्नपूर्ण आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
महोत्सवमा फ्रान्सलगायतका युरोप–अमेरीका लगायत देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले बताए । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तीहरुको सहभागिता हुने टान गण्डकीका अध्यक्ष आचार्यले जानकारी दिए ।
म्याग्दीको नारच्याङ अन्नपूर्ण आधार शिविर हुँदै नारच्याङसम्म जेठ १७ देखि १९ गतेसम्म पदयात्रा हुने
मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पदयात्रामा सहभागी हुने अध्यक्ष आचार्यले बताए ।
यसैबीच अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरतर्फ पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए । अन्नपूर्ण हिमालको दक्षिणी आधार शिविरतर्फ विगत ४ वर्षदेखि लगातार अन्नपूर्ण म्याराथनहुँर्दै आएको थियो ।
अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण उत्तर÷दक्षिण दुबैतर्फ म्याराथन आयोजना गरिएको छ । दुबै म्याराथन मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहणको दिन जुन ३ मा एकै दिन आयोजना हुनेछन् । दक्षिणी आधार शिविरतर्फ यस वर्ष १० विदेशी धावकसहित ८० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ भने उत्तरी भेगबाट हुने म्याराथनमा अन्नपूर्ण गाउँपालिकाका ८ वडाका ५० धावकको सहभागिता हुने अध्यक्ष पुनले जानकारी दिए ।
म्याराथन दौड आधार शिविरबाट ३० किलोमिटर दूरीको हुने छ । उनले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको शहर केन्द्रीत कार्यक्रम गाउँमा हुन लागेकोमा आभार प्रकट गरे ।
आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गर्ने कार्यक्रम छ । यस्तै आधार शिविरमा निर्माण भएको खुला संग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरिएको छ । उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।
८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया