एनवाइइएफ पोखरा च्याप्टरमा समेज राजभण्डारी

समाधान संवाददाता २०८२ जेठ १३ गते १५:२१

पोखरा ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा समेज राजभण्डारी निर्वाचित भएका छन् । शनिबार भएको २०औं साधारणसभा तथा १५औं अधिवेशनले समेजको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

मञ्चको निवर्तमान अध्यक्षमा इन्जिनियर विशेष थापा, प्रेसिडेन्ट इलेक्टमा ई. सरोज कायस्थ , प्रेसिडेन्ट नोमिनीमा सिए विवेक श्रेष्ठ,  प्रोग्राम चेयरमा हर्सल बिजुक्छे, फाइनान्स चेयरमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् ।

Advertisement

कार्यसमिति सदस्यमा, नुरज बाटाजू, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिजन श्रेष्ठ, र रनिल फैजु निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राजभण्डारीले सम्पूर्ण युवा उद्यमीहरुलाई समेटेर मञ्चलाई नेतृत्व गर्ने र युवा उद्यमीहरुको समग्र हितमा काम गर्ने प्रतिबद्धता जनाए । केन्द्र, प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी काम गर्ने उनको भनाइ छ । आफूलाई मञ्चको अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण सदस्यप्रति उनले आभार व्यक्त गरेका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष्य अञ्जन श्रेष्ठले युवा उद्यमीहरुले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए । साथै देशको आर्थिक, सामाजिक र नैतिक बिकासमा पनि युवा उद्यमिहरुको महत्वपुर्ण भूमिका रहने जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले युवा उद्यमीहरुले समग्र देशको आर्थिक बिकासमा जोड दिनु पर्ने बताए ।

मञ्चका केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवा उद्यमीहरुको समग्र हितसँगै सामाजिक क्षेत्र मञ्चले सक्रियताका साथ काम गरिरहेको बताए । मञ्चको पोखरा च्याप्टरको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ छ ।

मञ्च पोखरा च्याप्टरका निबर्तमान अध्यक्ष इन्जिनियर विशेष थापाले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया