युवा संघको महाधिवेशनमा मतदान सकियो, मत गणना आजै
समाधान संवाददाता
२०८२ जेठ १३ गते १८:१६

पोखरा ।
नेकपा एमालेको भातृसंगठन युवा संघको पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार मतदान भएको छ । मंगलबार अपराह्न सकिएको मतदानमा १ हजार ४०४ मत खसेको छ । निर्वाचनमा १ हजार ७६४ प्रतिनिधि मतदाता थिए ।
पोखरामा शुक्रबारदेखि जारी राष्ट्रिय युवा संघको १० औं महाधिवेशनमा अध्यक्षका दाबेदारहरुले दाबी नछाड्दा निर्वाचन भएको हो । अध्यक्षमा वर्तमान अध्यक्ष क्षितिज थबे र महासचिव सुमन पुरी उम्मेदवार छन् ।
विद्युतीय मतदान भएको हुँदा निर्वाचन नतिजा आजै मंगलबार राति नै आउने बताइएको छ ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया