
पोखरा । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी नवौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर््स क्लब एक खेल अगाडी नै फाइनल प्रवेश गरेको छ ।
नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा गण्डकीले हेल्प नेपाल स्पोटर््स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भने, गण्डकीको खेलबाट १ अंक खोस्दै लिग तालिकामा १६ अंक बनाएको हेल्प नेपाल पनि फाइनल पुगेको हो ।
निकै प्रतिस्र्धात्मक बनेको गण्डकी र हेल्प नेपाल बिचको खेलमा गण्डकीले बाजी मारेको थियो । हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले माथ दिन सफल रहयो ।
त्यसपछिको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग ३–१ को सेटमा पराजय भोगेपछि हेल्प नेपालको भाग्य चम्किएको हो । लिग तालिकामा १२ अंक लिएर बसेको पुलिसको हारले १६ अंकको हेल्प नेपाललाई फाइदा भएको हो । आर्मीले पुलिसलाई २५–२०, २५–२२, २८–२६ र २५–१८ ले पराजित गरेको हो । यो सँगै आर्मीको ११ अंक भएको छ । अब तेस्रो स्थानका लागि आर्मी र पुलिस खेल्ने पक्का भएको छ ।
लिगको मंगलबारसम्मको तालिमका गण्डकी १७, हेल्प नेपाल १६, पुलिस १२ र आर्मी ११ अंकमा छन् । भने मणिमुकुन्दको ७ अंक छ । अब बुधबारको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । किनभने पहिलो र दोस्रो स्थानका टिमलाई तेस्रो र चौथो स्थानको टिमले भेट्ने संभावना छैन् । अनि पाचौं स्थानको मणिमुकुन्दले आर्मी र पुलिसँग अंक बराबरीको संभावना पनि छैन् ।
तालिका अनुसार पहिलो र दोस्रो स्थानको टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौंथो स्थानको टिमले तेस्रो स्थानका लाग खेल्नेछ । यसमा सेमिफाइन खेल नहुने आयोजकको खेल तालिकाबाट प्रस्ट हुन्छ ।
मंगलबार भएका खेलमा एपिएफ र मणिमुकुन्द भलिबल क्लबले जित निकालेका छन् ।
महिलातर्फ न्यु डायमण्ड र पुलिस फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन् । एपिएफलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले फाइनलमा स्थान पक्का गरेको हो ।
न्यु डायमण्डको जितमा नेपाल पुलिस क्लबले पनि फाइनलमा प्रवेश ग¥यो । न्यु डायमण्ड र पुलिस नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन् ।
मंगलबार भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । लिग चरणबाट बाहिरिसकेका आर्मी र कर्णाली प्रदेशबीचको प्रतिस्पर्धामा आर्मी ३–० को जित निकाल्न सफल रह्यो ।
त्यसपछिको खेलमा नेपाल एपिएफ क्लबलाई आज ३– ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ ।
एपिएफलाई २५–१८, २५–२२ र २५–१६ ले हराउँदै न्यु डायमण्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको ११ अंक छ । बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । १५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । फोटो : योगेन्द्र श्रेष्ठ

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया