क्लासिक टेकको नयाँ सेवा

पोखरा ।
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले व्यवसायिक प्रयोगकर्तालाई लक्षित गरी १ जिबिपिएस इन्टरनेट स्पीड भएको ‘एंटरप्राइज प्रो’ सेवा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो नयाँ प्याकेज विशेषतः होस्टेल, विद्यालय, अस्पताल, सूचना प्रविधि (आईटी) कम्पनी, कन्सल्टेन्सी, होटल लगायत धेरै प्रयोगकर्ता भएका व्यवसायलाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।
हाल साना स्पिडका इन्टरनेट सेवामा धेरै प्रयोगकर्ता जडान हुँदा स्पिड कम हुने र नेटवर्कमा भिड हुने समस्या आइरहेको छ । सोही समस्या समाधान गर्नका लागि उच्च गति र भरपर्दो सेवा आवश्यक परेकाले यो सेवा सुरु गरिएको हो ।
‘एंटरप्राइज प्रो’ प्याकेज अन्तर्गत ग्राहकले निःशुल्क पब्लिक आइपी एड्रेस, लेयर २ सपोर्ट र वाइफाइ ६ राउटर प्राप्त गर्ने छन् । कम्पनीले सेवा सुरु गर्ने क्रममा आकर्षक मूल्य पनि तोकेको छ ।
यस अनुसार १ जीबीपीएस इन्टरनेटको मासिक शुल्क ७२९९ देखि सुरु हुनेछ। क्लासिक टेकले ५०० एमबीपीएस स्पीडको ‘एंटरप्राइज प्रो’ प्याकेज पनि सार्वजनिक गरेको छ । हाल यो सेवा काठमाडौंसहित देशभरका प्रमुख सहरहरूमा उपलब्ध भइसकेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया