गण्डकीको प्रमुख सचिवमा पौडेल

पोखरा ।
गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल आउने भएका छन् । अहिलेका प्रमुख सचिव रघुराम विष्टको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेलको पदस्थापन भएको हो ।
पौडेल २ साताअघि सचिवमा बढुवा भए पनि पदस्थापन भने भएको थिएन । पौडेल गण्डकीका १० औं प्रमुख सचिव हुन् । विष्ट जेठ २२ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले नवनियुक्त अर्का सचिव भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले १० जना सचिवको सरुवा गर्दा उनीहरु पनि परेका हुन् । मन्त्रिपरिषद्को बैठकले ३ जना विशिष्ट श्रेणीका सचिवको पदस्थापनसँगै सचिव सरुवासमेत गरेको थियो ।
त्यस्तै, प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।
राष्ट्रपति कार्यालयका सचिव डा रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । लोकसेवा आयोगका सचिव डिल्लीराम शर्मा स्वास्थ्य मन्त्रालय गएका छन् भने त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया