८ किलो सुनसहित पक्राउ परे चिनियाँ नागरिक

समाधान संवाददाता २०७६ मंसिर १३ गते ११:५०

समाधान संवाददाता, काठमाडाैं

त्रिभुवन विमानस्थलबाट ८  किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको स‌ंयुक्त टोलीले चेन होङयाङ र  चेन क्वीनहाङलाई ८ किलो सुनसहित पक्राउ गरेको हो । 

बिहीबार राति नेपाल एयरलाइन्सबाट हङकङ हुँदै नेपाल आएका उनीहरूको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन् । पछिल्लाे समय हङकङ  हुँदै नेपालमा सुन तस्करी भइरहेको छ । नेपालमा तस्कर गरेर ल्याइएको सुन भारत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई गाैशाला प्रहरीमा बुझाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया