युवा संघका पदाधिकारी तथा सदस्यलाई सम्मान

समाधान संवाददाता २०८२ जेठ १४ गते १७:११

पोखरा ।
नेकपा (एमाले) गण्डकीले युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बुधबार सम्मान गरेको छ । एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र सम्भावनाको स्रोत युवाहरू भएको बताउँदै नयाँ कार्यसमितिलाई प्रतिस्पर्धी सबैको भावनाअनुरूप कार्ययोजना बनाएर काम गर्न आग्रह गरे ।

Advertisement


शर्माले देश र पार्टी निर्माणका लागि सशक्त युवाहरू आवश्यक रहेको भन्दै युवाहरुमा आशाको सञ्चार हुने गरी काम गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा अनुसार सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न प्रतिबद्धता व्यक्त गरे ।


नवनिर्वाचित समितिलाई सो पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सल्लाहकार परिषद् अध्यक्ष मोहन रेग्मी, उपाध्यक्ष मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव दामबहादुर विक लगायतले बुधबार एक विशेष कार्यक्रमबीच सम्मान गरेका हुन् । अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिव आर.के. पोखरेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया