टाइगर कपबाट २१ लाख बचत

पोखरा ।
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट आयोजकले २१ लाख रुपैयाँ बचत गरेको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी २१ लाख १ हजार ६ रुपैयाँ बचत भएको जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार आम्दानी भएकामो १ करोड ५० लाख ८८ हजार खर्च भएको सुनाए । आयोजकले आम्दानीतर्फ टिकटबाट मात्र ५७ लाख ३९ हजार ४ सय ४६ रुपैयाँ आम्दानी गरेको छ । मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोजक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले समान १० लाख दिएका छन् ।
पुरस्कार तथा प्रोत्साहनमा मात्रै २२ लाख ३९ हजार खर्च भएको छ । सहभागी टिम तथा यातायातमा नेपाली टिमतर्फ २४ लाख १० हजार र विदेशी टिमतर्फ ३५ लाख १७ हजार खर्च गरको छ । संस्थाका अध्यक्ष शर्माले बचत बचत सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा एवं खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसपालि संस्थाले प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार प्रदान गरेको उनले जानकारी दिए ।
प्रतियोगिता पोखरा रंगशाला स्थित भलिबल कोर्टमा गत माघ ८ देखि २० सम्म चलेको थियो । उक्त प्रतियोगितामा भारत र थाइल्यान्डको टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमले भाग लिएका थिए । नेपाल भलिबल संघको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको थियो ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया