युवा संघ आयमूलक काममा लाग्छः थेबे

पोखरा ।
राष्ट्रिय युवा संघ नेपालको पोखरामा हालै भएको दशौं महााधिवेशनबाट अध्यक्षमा दोहोरिएका क्षितिज थेबेले बुधबार पत्रकारबिच संघको भावी योजना सुनाएका छन् । पत्रकार सम्मेलन गरी उनले युवा संघ आयमूलक काम, व्यवसायमा जुट्ने बताए ।
देशमा युवालाई व्यवसाय र रोजगारसँग जोडने नीति अघिल्लै कार्यकालबाट सुरु गरेको बताउँदै उनले यसलाई अझ विस्तारित गर्ने सुनाए । महेश बस्नेतको पालामा बुटवलबाट सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने उनको योजना छ ।
आफ्नो ३ वर्षे कार्यकालमा करिब ३ लाख युवा उद्यमी जन्माउने र त्यसबाट ३० लाख रोजगार बढाउने उनको योजना छ ।
चुनावको हारजितलाई प्राविधिक विषयमात्र मानेर जाने उनले बताए । ‘यो हाम्रो आन्तरिक प्रतिस्पर्धा एकदमै सभ्य भव्य अनि स्वस्थ प्रतिस्पर्धाका बिच अघि बढ्नेछ । यसमा कोही पनि धेरै हर्षित र दुखी हुनु हुँदैन ।
यो पार्टीको आन्तरिक जीवनको प्रतिस्पर्धा हो,’ उनले भने, ‘हार्ने र जित्नेको बिचमा ठूलो भिन्नता हुँदैन । निर्वाचनमा हारेको टिमलाई पनि समेटेर एकतावद्ध भएर अघि बढ्नेछ ।’ थेबेले आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही उपविजेता बनेको टिप्पणी गरे ।
थेबेले महाधिवेशनमा झण्डै १ करोड खर्च भएको जनाए । महाधिवेशन आयोजना गर्न कसैबाट पनि चन्दा, सहयोग नमागिएको उनको भनाइ छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिले चढेको गाडी र भएको खर्चबारे सोधिएको प्रश्नमा थेबेले भने, ‘हामी सबै आयमूलक काम, व्यवसायमा जुटेका छौं, कसैको चन्दा र सहयोग लिएर पोखरा आएका होइनाैं ।’
जनताको हितका लागि आफ्नो पार्टी सरकार मै भए पनि गलत गरेको खण्डमा विरोधका लागि पछि नहट्ने उनले बताए । महाधिवेशनको बन्द सत्रबाट ‘समृद्ध नेपाल, सुखी नेपाल’को नारालाई वास्तविकतामा उतार्ने संकल्प र योजना रहेको भन्दै उनले गणतन्त्रप्रति युवा संघले कुनै पनि सम्झौता नगर्ने बताए । युवा संघले विगतका राम्रा कामलाई निरन्तरता दिँदै नयाँ र सिर्जनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने उनले योजना सुनाए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया