सरकार सयमसापेक्ष नहुँदा जनविश्वास घट्यो : सांसद रुचाल

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले प्रदेश सरकारले बजेट विनियोजनमा परम्परागत शैली अपनाएकाले अपेक्षित परिणाम नआएको आरोप लगाएकी छन् । आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्दान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले बजेट वितरण पहुँचको आधारमा भएको र त्यसले समानुपातिकता र समावेशीतामा ध्यान नदिइएको बताइन् ।
सांसद रुचालले भनिन्, ‘कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा टुक्रे बजेट छरिएको छ । चुनाव केन्द्रित कनिका छरेझैं बजेट बाँडफाँट हुँदै आएको छ, जसले विकास सन्तुलित हुन सकेको छैन ।’ उनले प्रदेश सरकार समय सापेक्ष नहुँदा जनविश्वास घट्ने र भ्रम फैलिने चेतावनी दिइन् ।
प्रदेश सरकारले स्थानीय तहका साना योजनामा अल्झेर आफ्नो दायित्व बिर्सिएको उनको भनाइ छ । उनले कार्यपालिकामा पनि सबै समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिन् ।
रुचालले संघीयता सुदृढ गर्न समावेशी प्रतिनिधित्व अपरिहार्य रहेको उल्लेख गर्दै भनिन्, ‘समानुपातिक सांसदलाई विभेद गरिएको छ । प्रत्येक वर्ष महिला, दलित र अल्पसंख्यक समुदायलाई बजेटमा विभेद गरिन्छ ।’
प्रदेश सरकारले योजना छनोटका लागि ’थ्रेसहोल्ड’ तय गर्नुपर्ने उनले सुझाव दिइन् । ‘संघ र स्थानीय तहले गर्नुपर्ने काम त्यहाँलाई जिम्मा दिइयोस्, प्रदेश सरकारले दीर्घकालीन, रणनीतिक योजना बनाओस्,’ उनले भनिन् ।
महिला, दलित र अल्पसंख्यक समुदायका लागि गरिने १/२ दिने प्रशिक्षण उपलब्धिमुलक नरहेको उनले धारणा राखिन् । विद्यालय तहदेखि नै प्राविधिक शिक्षा, सिप र प्रविधिमा आधारित कार्यक्रम ल्याउनुपर्ने रुचालले बताइन् । जनजाति, मुस्लिम, अल्पसंख्यकका पुख्र्याैली सिप, पेशा र संस्कृति जोगाउने तथा तिनलाई आधुनिक बजारसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन् ।
उनले समुदायको आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘समुदायको जीवनशैलीमा परिवर्तन ल्याउने, सिपमूलक, आयमूलक र प्राविधिक तालिम दिऔं । दलित समुदायको परम्परागत सिपको आधुनिकीकरण गरी औद्योगीकरणतर्फ अघि बढ्नुपर्छ।’







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया