मर्दी खोलामा डुबेर २ बालकको मृत्यु

समाधान संवाददाता २०८२ जेठ १५ गते १५:३५

पोखरा ।

पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ।

माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए।

Advertisement

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको खोजी गरेको थियो।

सशस्त्र प्रहरीका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया