पोखरामा बढी भाडा लिने १५ जना इन्ड्राइभ राइडर कारबाहीमा

समाधान संवाददाता २०८२ जेठ २० गते ११:१३

पोखरा ।
पोखरामा १५ जना इन्ड्राइभ राइडरलाई बढी भाडा लिएकाे आरोपमा कास्की प्रहरीले कारबाही गरेको छ। सवारी साधनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुलाई कारबाही गरिएपछि छोडिएको हो।

चालकहरूले यात्रुहरूसँग तय भएको भन्दा बढी भाडा लिएको भन्ने गुनासो पछि प्रहरी टोली खटाई अनुगमन गरिएको थियो। निर्धारित दरभन्दा बढी रकम लिने कार्य गैरकानुनी भएको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ। साथै, चालकहरुलाई कानुनी दायराभित्र रही काम गर्न र नियम उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ।

प्रहरी कार्यालयले यस्तो अनुगमनलाई निरन्तरता दिइने जानकारी दिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया