राइड सेयरिङ नियमावली कार्यान्वयन नगर्न गण्डकीलाई संघीय सरकारको पत्र

पोखरा ।
यातायात व्यवसायीहरूसँग संघीय सरकारबीच सोमबार मध्यरातमा भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली हाललाई कार्यान्वयन नगर्न पत्र पठाएको छ ।
यस सम्बन्धी पत्र मंगलबार गण्डकी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको हो। पत्रमा सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएकाले प्रदेशले ल्याएको राइड सेयरिङसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन नगर्न आग्रह गरिएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार जनजीवन सहज बनाउने उद्देश्यले नियमावलीको कार्यान्वयन रोक्न पत्रमार्फत आग्रह गरिएको उल्लेख छ।
संघीय सरकारको सो निर्देशनबारे छलफल गर्न मुख्यमन्त्री कार्यालयमा हाल उपलब्ध मन्त्रीहरूसहित बैठक चलिरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्र आएपछि के गर्ने भन्ने बारेमा निर्णय गरिने प्रतिक्रिया दिएका थिए ।
यातायात क्षेत्रमा प्रदेश सरकारको एकल अधिकार भएकाले प्रदेशले बनाएको कानुनमा संघले हस्तक्षेप नगर्न मुख्यमन्त्रीमाथि दबाब छ ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया