‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न संघको पत्र, मुख्यमन्त्रीसहितको टोली छलफलमा

पोखरा ।
संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई ‘राइड सेयरिङ’सम्बन्धी नियमावली कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छलफलमा जुटेका छन् । राइड सेयरिङसम्बन्धी वार्ता टोलीसँग मुख्यमन्त्री पाण्डे छलफलमा जुटेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । ‘भौतिक पूर्वाधार मन्त्रालयको सचिव ज्यू लगायतसँग मुख्यमन्त्री छलफलमा बस्नुभएको छ । आधा घन्टापछि प्रेस नोट सार्वजनिक हुन्छ,’ संयोजक सापकोटाले भने ।
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत नियमावली स्थगन गरी सार्वजनिक यातायात सामान्य अवस्थामा ल्याउन सहयोग पु¥याउन आग्रह गरिएको छ ।
सोमबार राति सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच भएको ६ बुँदे सहमतिअनुसार नियमावली स्थगत गर्न आग्रह गरेको हो । संघ सरकारले प्रदेशहरूले जारी गरेका निजी सवारी साधन (रातो नम्बर प्लेट) मार्फत यात्रु ओसार्न दिने नियमावली स्थगन गर्न अनुरोध गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सिफारिसमा मन्त्रिपरिषद् कार्यालयमार्फत पत्र गण्डकी आइपुगेको संयोजक सापकोटाले बताए ।
पत्रमा भनिएको छ, ‘सार्वजनिक यातायात बन्दका कारण जनजीवन प्रभावित भएको सन्दर्भमा जनजीवन सामान्य बनाउने वातावरण बनाउन प्रदेश सरकारको नियमावली अन्तर्गत रहेका राइड सेयरिङ प्रावधान तत्काल स्थगन गर्न अनुरोध गरिन्छ ।’








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया