माइडियाको मासिक उपहार कार्कीले जिते

समाधान संवाददाता २०८२ जेठ २१ गते १०:५३

काठमाडौं ।
माइडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको “स्मार्ट लिभिङको नयाँ युग“ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो ।


यस लक्की ड्र कार्यक्रम अन्तर्गत बलराम कार्की, काठमाडौँ निवासी, मासिक उपहारको रूपमा ८ केजी माइडिया वासिङ मेसिन जित्न सफल भएका छन् । उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट माइडिया उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए । खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनीलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।


माइडियाले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ । नेपालमा माइडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।

Advertisement

जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरु समावेश छन् । माइडियाका उत्पादनहरु विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन् । जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ ।


सिजी इलेक्ट्रोनिक्स, नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो । जसले माइडिया होम अप्लायन्सेसको आधिकारिक वितरकको रुपमा काम गर्दै आएको छ । चौधरी समूह अन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रुपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया