फोटो तथा मोबाइल पत्रकारिता सिकाइयो

समाधान संवाददाता २०८२ जेठ २१ गते ११:१८
oplus_0

पोखरा ।
नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम मंगलबार सकिएको छ ।


समापन सत्रमा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले तालिमले आफ्नो पेशामा निपुर्ण बन्न मद्दत गर्ने बताए । उनले पत्रकारको कर्मलाई समाजले निगरानी गरिरहेको हुने बताउँदै आफ्नो कर्ममा निश्पक्ष भएर समाचार सप्रेषण गर्नुपर्ने बताए ।


संचारकर्मी रोजी श्रेष्ठ र राजन उपाध्ययले तालिम छोटो समयको भए पनि प्रभावकारी भएको बताए । आगामी दिनमा अभ्यास सहितको तालिम प्रदान गर्न आयोजकलाई आग्रह गरे । प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवमं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोबाइलको उच्चतम प्रयोग गर्न सकिनेबारे प्रशिक्षित गरे ।

Advertisement


वरिष्ठ फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बरालले पत्रकारितामा फोटो पत्रकारिताको महत्व र आफ्नो अनुभवसहित सहजीकरण गरे ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव मधु अधिकारीले पनि बोलेका थिए । ३ दिनसम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चार माध्यममा आवद्घ ७० पत्रकार सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया