मादल बजाउने तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने बताएका छन् । वडा कार्यालयद्वारा आयोजित मादल बजाउने तालिम उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो बताएका हुन् ।
उनले भने, ‘वडा कार्यालयको ध्यान वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने रहेको छ, त्यसैले वडामार्फत धेरै प्रकारका तालिम आयोजना भइरहेको छ, केही दिन अघिमात्रै वेड डिजाइन एण्ड डेभलपमेन्ट तालिम सकिएको थियो ।’
आफ्नो ध्यान वडाको समृद्धितर्फ भएको स्पष्ट पार्दै उनले तालिमले नागरिकलाई व्यावसायिक बनाउने र यसले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मादल बजाउने तालिमले संस्कृति जगेर्नामा पनि महत्वपूर्ण भूमिका खेल्ने बरालको दावी छ ।
कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष अञ्जुकुमारी चालिसे, नागढुंगा विकास समाजका अध्यक्ष डम्बर सुवेदी, वडासचिव झंकनाथ पौडेल, प्रशिक्षक सन्तोष पराजुलीलगायतले बोलेका थिए । ४० जना सहभागी तालिम सिमलचौरस्थित शिव पञ्चांग मन्दिरमा सञ्चालन हुनेछ । सहभागीलाई सन्तोष पराजुलीले प्रशिक्षण दिनेछन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया