पोखरा–१२ मा उद्घोषण तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर–१२ द्वारा आयोजना गरिएको उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । ६ दिन चलेको तालिममा ५५ भन्दा बढी महिलाहरूले सक्रिय सहभागिता जनाएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै सार्वजनिक रूपमा बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए ।
उनले आगामी दिनमा महिलालाई अझ सक्षम र सबल बनाउने लक्ष्यका साथ यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रम संयोजक एवं वडा सदस्य शान्ति कोइरालाले तालिमले सहभागीहरूमा आत्मविश्वास र उद्घोषण क्षमतामा उल्लेखनीय सुधार आएको बताइन ।
वडा सदस्य शान्त बहादुर थापा र वडा सचिव शारदा सापकोटाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै महिला सशक्तीकरणमा यस्ता तालिमहरूको योगदान उच्च रहेको उल्लेख गरे ।
प्रशिक्षक अनुराग अधिकारीले उद्घोषण तालिमको प्रभावकारिता र यसको निरन्तर अभ्यासको आवश्यकतामा जोड दिए । सहभागीहरू अनिता पोखरेल, खिमकुमारी गुरुङ, रसोदा बाराल लगायतले तालिम अत्यन्तै उपयोगी भएको भन्दै सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । साथै, उनीहरूले आगामी दिनमा पनि महिलामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिदिन जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया