एसओएस विद्यालयमा वृक्षरोपण
समाधान संवाददाता
२०८२ जेठ २२ गते १३:३७

पोखरा ।
विश्व वातावरण दिवसको अवसरमा एसओएस हरमन माइनर विद्यालय गण्डकीमा पर्यावरण क्लवको संयोजनमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । ‘प्लाष्टिक प्रदुषण विरुद्ध लागौं’ भन्ने नाराका साथ विद्यालय परिसरमा विभिन्न प्रजातीका विरुवा राेपिएकाे हाे ।
ग्रिन रोडको सहकार्यमा ‘हरित विद्यालय परियोजना’ अन्तर्गत विद्यालयले विभिन्न जनचेतनामूलक कार्य गर्दै आएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले बताए ।
विद्यालयमा सिकेको कुरालाई व्यवहारिक रुपमा घरमा र समुदायमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिँदै क्लव थप क्रियाशिल हुनुपर्ने विद्यालयका सहायक प्राचार्य वीरसिंह बुढाले बताए ।
वृक्षराेपण गर्न पाउँदा कक्षा ६ की सिजल खातिले खुसी लागेकाे व्यक्त गरिन् । कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागीता थियो ।
सम्बन्धित









व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया