रिक्त भएको एक वर्षपछि कृषि समितिको सभापति बनिन दयमन्ती रुचाल !

समाधान संवाददाता २०८२ जेठ २२ गते १९:३७

पोखरा ।
गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समिति सभापति अन्ततः माओवादीकी सांसद दमयन्ती रुचाल निर्वाचित भएकी छिन् । बिहीबार गण्डकी प्रदेश सभा सचिवालयले उम्मेदवारी दर्ताको आह्वान गर्दा रुचालको मात्र उम्मेदवारी परेको हो ।
उनको मात्र उम्मेदवारी परेपछि एक वर्षदेखि रिक्त रहेको सामाजिक विकास तथा कृषि समिति सभापति रुचाल बनेकी हुन् ।

तपाईको प्रतिक्रिया