पोखरा १५मा प्राथमिक उपचार तालिम

समाधान संवाददाता २०८२ जेठ २५ गते १७:०३

पोखरा ।
पोखरा महानगरपालिका महानगरपालिका वडा नम्बर १५को वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाले संयुक्त रुपमा प्राथमिक उपचार तालिमको आयोजना गरेका छन् ।

Advertisement


सिद्ध पब्लिक क्याम्पसमा ४ दिनसम्म भएको तालिममा वडा नम्बर १५का आमा समूह, टोल विकास संस्था, युवा क्लब, स्वयंसेवक सहित २३ जनाको सहभागिता रहेको थियो ।


तालिममा रेडक्रस कास्कीका तालिम संयोजक नवराज भण्डारी, प्रशिक्षकहरू सूर्य तिमिल्सिना ‘पालुवा’, सूर्य तिमिल्सिना, लीला देवकोटा र गणेश भण्डारीले सहजीकरण गरेका थिए ।

Advertisement

तालिममा नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार तालिम निर्देशिका २०७४ अनुसार प्राथमिक उपचारको महत्व, अर्थ, सिपिआर, रक्तश्राप, हाडभचाई, मेरुदण्डको चोट, सर्प तथा जनावरको टोकाई, वातावरणीय समस्या, लेक लाग्ने तथा ‘लु’को समस्या, ज्वरो झाडापखाला, विभिन्न प्रकारका ओसारपसारका लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएका रेडक्रस पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीले जानकारी दिए ।


पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले सवारी दुर्घटना, विपद्का घटनाबाट प्रभावितलाई पहिलो चरणको उपचारको लागि तालिमले सहयोग पुग्ने बताए । रेडक्रस कास्कीका तालिम संयोजक भण्डारीले सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहितको तालिमले विशेषगरी समुदायमा आकस्मिक रूपमा हुन सक्ने दुर्घटनामा तालिम प्राप्त स्वयंसेवकले समुदायमा परिचालन भएर घाइतेलाई तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म पु¥याउन सक्ने सीप सहभागीले हासिल गरेको जनाए ।

Advertisement


सहभागी भास्करदेव पाण्डेले विपद तथा आकस्मिक अवस्थामा तालिम प्राप्त स्वयंसेवकका रूपमा तत्काल समुदायमा परिचालित भई हुनसक्ने दुर्घटनालाई कम गर्ने र दुर्घटना भइहालेमा तत्काल प्रतिकार्य गरी समुदायलाई सेवा प्रदान गर्न सक्ने बताए । सहभागीहरु सुनिता कंडेल, कल्पना अधिकारी बानियाँले तालिमबाट सिकेको ज्ञानलाई समुदायसम्म विस्तार गर्ने बताए ।

समापन समारोहमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारी, जिल्ला शाखाका उपसभापति रमा कोइराला, कार्यसमिति सदस्य कमलप्रसाद पौडेल, सूर्यप्रसाद तिमिल्सिना पालुवा, पार्वती कार्की लगायतले तालिमको महत्वबारेमा प्रकास पारेका थिए । तालिममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।


यसैबीच नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले भवन निर्माण गरेको छ । रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले नवनिर्मित भवनको उद्घाटन गर्दै आफ्नै कार्यालयबाट मानवीय र सामाजिक सेवाको गतिविधि विस्तार हुने विश्वास व्यक्त गरिन् ।


कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपमन्त्री डिल्लीराम बराल, हेमजा उपशाखाका सभापति नेत्रपाणी भण्डारी, संगीता कँुवर लगायतले भवनको निर्माणसँगै संकटासन्न समुदायको संरक्षण र विपद् व्यवस्थापनमा समुदायको सहभागिता र सेवामुलक कार्यमा सबैको पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया