तीन दिन छलफल गरेर पास भयो गण्डकीको नीति तथा कार्यक्रम
समाधान संवाददाता
२०८२ जेठ २५ गते १७:२४

पोखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको नीति तथा कार्यक्रम पास भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पास गर्न राखेको प्रस्ताव बहुमतले पारित भयो । नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ दल एमाले–कांग्रेसले समर्थन गरेका हुन् । यद्यपि माओवादी केन्द्रले नीति तथा कार्यक्रमको विपक्षमा मतदान ग¥यो भने राप्रपा तटस्थ बस्यो ।
जेठ २१ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम वाचन गरेका थिए । जेठ २३ गते पहिलो दिन, २४ गते दोस्रो दिन र २५ गते (आज) नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो ।
आज बसेको बैठकमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पास गरिएको हो ।
सम्बन्धित








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया