राइड सेयरिङ नियमावली कार्यान्वयनमा जान्छ: मुख्यमन्त्री पाण्डे

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङसम्बन्धी नियमावली अब एक महिनापछि कार्यान्वयनमा जाने स्पष्ट पारेका छन् ।
प्रदेशसभामो नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले राइड सेयरिङका पक्षमा सिंगो सदनको समर्थन प्राप्त भएको भन्दै त्यसका लागि आभार व्यक्त गरे ।
‘कानुनी रूपमा सहज बनाउँदै, व्यवस्थापन गर्न खोजेका हौं,’ उनले भने, ‘अहिले एक महिना स्थगित गरिएको छ, तर त्यसपछि नियमावली कार्यान्वयनमा जान्छ ।’
संघीय सरकारबाट प्रदेश सरकारको कदममाथि हस्तक्षेप भएको दाबी गर्दै पाण्डेले संविधानको मर्मअनुसार तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । ‘संविधान पढ्यौं भने तीनै तहका सरकारसँग समन्वयमा जान्छौं भनेका छौं,” उनले भने, ‘हामीले संविधानको स्प्रिडअनुसार नै काम गरेका हौं तर, यो कार्यान्वयन हुन्छ, लागू हुन्छ ।’ मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरेको निर्णयबाट सरकार पछि नहट्ने प्रतिबद्धता समेत जनाए ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया