आर्थिक गणना गर्दै सरकार

पोखरा ।
सरकारले आगामी आवमा राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । तथ्यांक समन्वय कार्यालय कास्कीले आइतबार सरोकारवालाहरुसँग अन्तक्र्रिया आयोजना गरी चैतदेखि गणना सुरु गरेर मध्यअसारसम्ममा प्रतिवेदन तयार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभर सञ्चालन गर्ने भएको तथ्यांक समन्वय कार्यालय कास्कीका तथ्यांक समन्वय अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । पहिलोपटक ०७५ मा भएको आर्थिक गणना दोस्रोपटक आगामी वर्ष हुने भएको हो ।
संघ प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलापसम्बन्धी आधारभूत तथ्यांक संकलन गर्नुका साथै व्यावसायिक प्रतिष्ठानको कुल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पुँजीको लगानी, कुल स्थिर सम्पत्तिमा भएको लगानीलगायत विषयमा सर्वेक्षण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गर्न लागिएको उनले बताए । लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँचलगायत सूचक पत्ता लगाउन गणना गर्न लागिएको तथ्यांक समन्वय कार्यालय कास्कीले जनाएको छ ।
आर्थिक गणना अभियानमा दर्ता भएका र नभएका आर्थिक क्रियाकलाप समेटिने उनले सुनाए । तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्य भरपर्दो र विश्वासिलो हुने अपेक्षा गरिएको छ । सोहीअनुसार गणकहरू व्यवस्थापन गरेर सम्बन्धित प्रतिष्ठानमा नै पुगेर गणना गरिने सापकोटाले बताए ।
तथ्यांक ऐन ०७९ अनुसार हरेक क्षेत्र र वर्गबाट संकलित आर्थिक विवरण गोप्य रहनेसमेत उनले बताए । उनले वित्तीय तथा बिमा, सूचना सञ्चार, कृषि, वन, माछापालान, खानी उत्खनन लगायत २१ वटा आर्थिक वर्गीकरणका सूचकहरू छन् ।
अहिले प्रश्नावली तयारीकै चरणमा रहेकाले फागुनसम्म सकिलगत्तै माथिल्लो तहमा छलफलपछि गणना सुरु गरिने कार्यालयले जनाएको छ । अघिल्लो गणनामा दर्ता भएका र नभएका जसले आर्थिक चलायमान बनाएका छन् ती व्यावसायिक प्रतिष्ठानको संख्या देशभर ९ लाख २३ हजार ३५६ रहेको सापकोटाले जानकारी दिए । जसमा गण्डकी प्रदेशमा १ लाख ६८४ र कास्की जिल्लामा ३० हजार ७४५ गणना गरिएको थियो । यो गणनामा यसको आकार बढ्ने उनको अनुमान छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया