बेगनासतालमा बेपत्ता भएका व्यक्तिको शव ३५ फिट गहिराइबाट निकालियो

समाधान संवाददाता २०८२ जेठ २६ गते १२:५४

पोखरा ।
पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ । जेठ २६ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका ४३ वर्षीय राजेश श्रेष्ठको शव करिब ३५ फिट गहिराइबाट निकालिएको हो ।

Advertisement

उनी पोखरा घुम्न आएका बेला बेगनासतालमा पौडी खेल्न गएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया