पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु भएको छ । तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सुरुआत गरे ।
लामिछानेले पोखरा आउने पर्यटकको चाप बढ्ने बताए । पर्यटकको संख्या वृद्धि भएसँगै पदयात्राका लागि दक्ष जनशक्ति पनि आवश्यक हुने उनको भनाइ छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल भइरहेको र भविष्यमा विदेशबाट सिधै पर्यटक पोखरा आउने भएकाले गाइडहरुलाई कामको खाँचो नहुने लामिछानेले बताए ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का तालिम संयोजक अजय ढकालले तालिमले सक्षम गाइड उत्पादन हुने विश्वास व्यक्त गरे । पर्यटकलाई नेपालबारे सरल तरिकाबाट बुझाउन सक्ने गाइडको क्षमता हुनुपर्ने ढकालले बताए । पोखरा पर्यटन परिषद् उपाध्यक्ष हरि भुजेलले पर्यटक गाइडले नेपालको राजदूतका रुपमा काम गर्नुपर्ने बताए ।
टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक घुम्न जानका लागि गाइड अनिवार्य गर्ने तयारी भइरहको जानकारी दिए । लाइसेन्स भएका गाइडले मात्र मान्यता पाउने भएकाले तालिम सञ्चालन गरिएको आचार्यले बताए । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्वितीय उपाध्यक्ष मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
तालिमका लागि दरखास्त आह्वान गरिएको र अन्तर्वार्ताबाट ३ सय ५० जना छनोट भएका छन् । ट्रेकिङ गाइडका लागि २५ दिन र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकी सचिव गोपालकृष्ण संग्रौलाले बताए ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया