तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

समाधान संवाददाता २०८२ जेठ २६ गते २१:०५

पोखरा ।

तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । सोमबार साँझ करिब साढे ७ बजेको समयमा ६ वर्षीय उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल बन्दिपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया